स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

18 October 2008

विज्ञापन

त्यो पसल उसको बाजेको पालामा खुलेको थियो । त्यहाँ खाद्यवस्तुहरु बेचिन्थे र सबै चिजहरु शुद्ध र मिसावटरहित हुन्थे । त्यतिबेला न त पसलको कुनै साईनबोर्ड थियो, न त शुद्धताको कुनै विज्ञापन ।

उसको बाजे पछि उसको बाबुले पसल चलाउन थाले । बाबुको पालासम्ममा समाज निकै परिवर्तन भैसकेको थियो, त्यसैले छिट्टै धनि बन्ने उपाएहरु अपनाएर उसको बाबुले दूधमा पानी, बेसारमा पीठो, महँगो चामलमा सस्तो चामल आदि मिसाएर व्यापार गर्न थाले । ग्राहकहरुको विश्‍वास यथाबत राख्‍नका लागी भने पसल बाहिर एउटा बोर्ड झुण्ड्याईयो :- यहाँ शुद्ध र असली खाद्यबस्तुहरु पाईन्छन्

बाबुको शेषपछि आजकल ऊ आफैं पसल चलाउँछ । उसको हातमा पसल आएपछि पसलको आकार र स्वरुप नै परिवर्तन भईसकेको छ । आजकल त्यो पसलमा गाईको घ्युको त कुरै छाडौं, शुद्ध वनसपति घ्यू पनि पाइँदैन । दूधमा पानी हैन पानीमा दूध मिलाएर बेचिन्छ र पसलमा कुनै चीज शुद्ध पाइँदैन । तर पसल बाहिरको बोर्डमा भने अझै गहकिलो र आकर्षक विज्ञापन राखीएको छ:- यहाँ अति शुद्ध र पूर्ण असली खाद्यबस्तुहरु मात्रै बेचिन्छ मिसावट भएको प्रमाणित गर्नेलाई रु‍ १ हजार रुपैया पुरस्कार

(१९-१२-२०५५, साप्ताहिक)

7 comments:

  1. दिलीप जी ! के गर्ने यहाको चलन नै यस्तै छ

    “यहाँ शुद्ध र असली खाद्यबस्तुहरु पाईन्छन्”। एसो भनेर उनीहरूले आफैले आफैलाई व्यंग्य गरे जस्तो लाग्छ ।

    ReplyDelete
  2. कथाको त्यो पसलले आजको पुरै बजारको अवस्था चित्रण गरेको छ ।

    ReplyDelete
  3. व्यथा चाँहि सहि नै हो !
    ---------------
    नक्कली सामान मा पनि लेखिएको हुन्छ:
    नक्कली देखि सावधान !
    -----------
    हाहाहा

    ReplyDelete
  4. सटीक चित्रण हाम्रो जामानको!

    ReplyDelete
  5. अकबरी सुनलाई कसी लगाउनु पर्दैन ।
    राम्रा सामग्रीको विज्ञापन गर्नु पर्दैन ।

    ReplyDelete
  6. usko bajako jasto pasal ta aba yesti katha ma mattra pain6 hoina ra?...........................................

    ReplyDelete
  7. Sanju Ji!

    उसको बाजेको जस्तो मात्रै हैन बाउको जस्तो पसल पनि अब भेटन मुश्कील हुँदै छ ।
    टिप्पणीको लागि धन्यवाद ।

    ReplyDelete