स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

30 December 2007

त्यो देश

विश्वको कुनै कुनामा दुइवटा मित्र देशहरु थिए ।

पहिलो देशका नागरीकहरु शिक्षीत हुन पाए रमाउँथे, दोस्रो देशका जनताहरु आफूलाई सचेत भन्न रुचाउँथे ।

पहिलो देशका नेताहरु रात दिन नभनी जनताको काम गरी सिध्याउँथे, दोस्रो देशका नेताहरु जनतालाई नै प्रयोग गरी कुर्शी हत्याउँथे।

पहिलो देशका मजदूरुहरुले कारखाना चलाउँथे, अर्को देशका मजदूरहरुलाई नेताले नचाँउथे।

यौटा देशका पत्रकारहरु देशमा घटेका घटनाहरुको खबर सुनाउँथे, दोस्रो देशमा समाचार माध्यम आफ्नो बिचारलाई नै समाचार बनाउँथे ।

यौटा देशमा नेता हुनलाई पढनु पर्थ्यो, अर्को देशमा पढन नसक्नेहरु राजनीतिमा आउँथे ।

पहिलो देशमा बुद्घी र बिचारको युद्घ हुन्थ्यो, अर्कोमा ढुङ्गा मुढाले नै र्सब कार्य सिद्घ हुन्थ्यो ।

यौटा देशका नेता देशकोलागी मरी मेट्थे, अर्को देशका नेता हरेक पाइला चाल्नु अघि बिदेशी भेट्थे ।

पहिलो देश 'शान्ति, बिकास स्वाबलम्बन' भन्दै छ, दोस्रो देशको बारेमा के भन्ने, त्यो देश करीब करीब नेपाल जस्तै बन्दै छ ।

02 December 2007

पेशागत प्रतिभा

\DOCUME~1\DILIPA~1\MYDOCU~1\2005-09-05 05;31;46PM.PDF नीहरु दुईजना अक्सर एकै ठाउँमा देखिन्थे। पहिलो व्यक्ति बोल्नेहरुको आसनमा हुन्थ्यो भने दोस्रो व्यक्तिहरु सुन्नेहरुको लहरमा ।
 
पहिलो चोटि उनीहरु दुईजनाको भेट यौटा औद्योगिक मेलामा भएको थियो । त्यस दिन बोल्ने व्यक्तिले उद्योगधन्दाको बारेमा यत्ती गहिरो विवेचना गरेको थियो कि, सुन्ने व्यक्ति उसको उद्योग र प्राविधिक ज्ञानबाट एकदम प्रभावित भएको थियो।
 
त्यसपछि अर्को दिन यौटा धार्मीक समारोहमा बोल्ने व्यक्तिले गिताको  खुब जोडदार व्याख्या गर्‍यो। सुन्ने व्यक्ति उस्को धार्मिक आस्था र नैतीक मान्यता देखेर ओतप्रोत भयो।

त्यसको केहि समयपछि बोल्ने व्यक्ति यौटा साहित्यिक जमघटमा देखीयो । त्यहाँ बोल्ने व्यक्तिले साहित्यको उत्थानको बारेमा साहित्यकारले भन्दा पनि ओजपूर्ण र सारगर्भित भाषण दियो । सुन्ने व्यक्ति उसको साहित्य प्रतिको सदभाव र मिठासपूर्ण वचनले गद्‍गद् भयो ।

त्यसपछि पनि कहिले व्यापारिक मेलामा कहिले वैज्ञानिक भेलामा, कहिले विद्वानहरुको छलफलमा कहिले कलाकारहरुको दलबलमा उनिहरुको भेट भइनै रह्यो ।

प्रत्येक पटकको भेटेपछि सुन्ने व्यक्ति बोल्ने व्यक्तिबाट झन् झन् प्रभावित हुदैँ गयो । सुन्ने व्यक्ति आश्‍चर्य चकित थियो र उसले यो पनि निर्क्योल गर्न सकेको थिएन कि वास्तबमा त्यो बोल्ने व्यक्ति प्राविधिक थियो वा प्रशासक, साहित्यकार थियो वा वैज्ञानिक किनकि त्यो बोल्ने व्यक्ति जुनसुकै ठाउँमा पनि पुग्थ्यो र जुनसुकै विषयमा पनि बोल्न सक्थ्यो ।

अन्तमा सुन्ने व्यक्ति बोल्ने वयक्तिबाट यति प्रभावित भयो कि उसले बोल्ने व्यक्तिको बहुमुखी प्रतिभाको बारेमा अनुशन्धान गर्न थाल्यो । तर जति जति खोजीनीति चल्यो उति उति सुन्ने व्यक्ति भने छक्क पर्दै गयो, किनकि न त त्यो बोल्ने व्यक्ति उद्योगधन्दाको बारेमा नै विज्ञ थियो, न त आध्यात्मिक चिन्तक । न त उसले वाणिज्यशास्त्र पढेको थियो न त साहित्य वा धर्ममा नै उसको झुकाव थियो । बिस्तारे खोजि पस्दा सुन्ने व्यक्तिले थाहा पायो कि त्यो बोल्ने व्यक्तिले औपचारिक शिक्षा समेत पुरा गरेको रहेनछ ।

आजकल सुन्ने व्यक्ति बोल्ने व्यक्तिको बोलिबाट प्रभावित हुन छाडेको छ, तर पेशा र बाध्यताका कारण बोल्ने र सुन्ने कार्य भने पूर्ववत् नै चलिरहेको छ ।

कसैलाई भन्नु नपर्ला तर कुरा के हो भने उनिहरुमध्ये बोल्ने व्यक्ति एकजना नेता वा मन्त्री भएकोले उसले जुनसुकै विषयमा पनि बोल्ने गर्थ्यो र सुन्ने व्यक्ति चाही एकजना पत्रकार भएकोले जे बोलिए पनि उसले सुन्नै पर्थ्यो ।

(गोरखापत्र १५-०२-२०५६)

10 November 2007

पेशा

ज बिहानैदेखी उ केहि चिन्तित देखिन्थ्यो , उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन ।

आज बिहान मात्रै उसले आफना तिनजना पुराना साथिहरुलाई भेटेको थीयो । तिनै जना आ-आफ्ना क्षेत्रमा स्थापित भैसकेका र राम्ररी जीवन यापनमा लागेका थिए । बर्षौंसम्म बरालिएर हिडने मान्छे आज बर्षौं पछि पुराना मित्रहरुलाई भेटेर खुशी हुनुको बदला ऊ झन् दुखी देखी्न्थ्यो र आफूले केहि गर्न नसकेकोमा केहि पीडीत पनि ।

ओछ्‍यानमा पल्टी पल्टी उसले आफ्नो व्यापारी साथिको बारेमा सोच्यो र आफू पनि व्यापारमा लाग्ने बिचार गर्‍यो, तर…. न त उसंग लगानीको लागि पूँजि थियो न त गाँउघरको विश्‍वास !

त्यसपछि उसले दोस्रो साथीको जस्तै कृषि पेशा अपनाउने बिचार गर्‍यो, तर बाउ बाजेले छाडेर गएका जग्गा जमिन बेचेर खाईसकेको र कृषि सम्बन्धी आजश्‍यक ज्ञान पनि नभएकोले उसले त्यो विचार पनि त्याग्यो ।

अन्तमा उसले सरकारी अधिकृतको रुपमा कार्यरत तेस्रो साथिको बारेमा सोच्यो र उसले जस्तै जागिर खाएर जिवनयापन गर्ने विचार गर्‍यो, तर अपसोच ….! …न त उसमा कुनै विशेष गुण थियो न त लोकसेवा दिन चाहिने आवश्यक योग्यता नै ।

सोच्दा सोच्दै उसको मानसपटलमा एक्कासी राजनीतिमा लागेको चौथो साथीको प्रतिविमब आयो, ….ऊ अनायशै मुस्कायो …. उसका चिन्ता अलि कम भए …अनुहार अलि तनावरहित देखीयो र ऊ विस्तारै आरामसँग निदायो ।
(१५-१२-२०५४, गोरखापत्र)

30 October 2007

तीन सुत्र कथा

                              एक
मदिरा र नशालु पदार्थको रोकथामको लागि स्वदेशी ज्ञाताहरुको आयोजन र विदेशी दाताहरुको प्रायोजनमा एक दिने कार्यशाला गोष्ठि भयो । वुद्धिजीवी र गन्यमान्य व्यक्तिहरुले नशालु पदार्थको कूलतले समाजमा पारेको नकारात्मक प्रभाब वारे गहिरो चिन्ता व्यक्त गरे र समाधानको उपाय वारे वृहत विवेचना गरे ।

अन्तमा गोष्ठि सफल भएको ठहर गरियो र 'स्याम्पेन’ फोरेर सभा विर्सजन गरियो ।



                                                          दुई

“शहर सफा राखौं”, “सरसफाई सभ्यताको प्रतिक हो” आदि विभिन्न नारा लेखिएका तुल र प्ले कार्डहरु बोकि चेतनशील व्यक्तिहरुको यौटा समुहले नगर परिक्रमा गरे । नगरको यौटा चोकमा पुगेर त्यो जुलुस आमसभामा परिणत भयो ।

भोलिपल्ट चोक वरिपरी र बाटो छेउ-छाउमा प्ले कार्ड , पर्चा र पोष्टरहरु यत्र तत्र छरिएका थिए र शहर अधिल्लो दिनभन्दा अलि बढी फोहर भएको थियो ।



                                                       तीन


देशको यौटा जल्दोबल्दो समस्याको हल गर्न कुनै पनि समुहले एकल निर्णय लिन नसकेपछि अध्ययन गरी समाधानको लागी स्पष्ट निर्णय पेश गर्न चर्चित विद्धानहरु सम्मिलित यौटा र्सवपक्षीय आयोग गठन गरियो ।

आयोगले तदारुकताकासाथ काम गर्‍यो र निश्चित अवधि भित्रै “यस विषयमा हाल कुनै पनि निर्णय लिनु ठिक छैन” भन्ने जोडदार निर्णय लिएर देखाइ दियो ।


 



(१३-०२-२०५८ गोरखापत्र)

04 October 2007

यहाँ यस्तै हुन्छ (सूत्रकथाहरु)


एक

यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् 'जिन्दाबाद!' र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।

दुई

देशमा शान्ति बहाली गर्न भनी बिभिन्न समूहले बृहत शान्ती र्‍यालीको आयोजना गरे । र्‍यालीमा बिसाल जन सहभागीता भए पछी सो सफलताको 'जश' कसले लीने भन्नेमा भनाभन र बाद बिबाद भयो सोहि क्रममा मुठभेड र झडप हुदां एक सय भन्दा बढि मानिस र्घाईते भएको खबर साँझको पत्रिकामा निस्क्यो ।

तीन

आफ्नो देश भनेपछि हुरुक्कै हुने र देश भन्दा माथी केहि पनि हुनै नसक्ने बताउने केहि समूहले देशकोलागी 'एक' हुने ऐतिहासिक निर्णय गरे । देशलाई स्थाईत्व दिने र प्रगतिपथमा लम्काउने यौटा बेजोड योजना पनि आफूसंग भएको कुरा एकताबद्घ समूहका नेताहरुले प्रेस विज्ञप्ती मार्फत पत्रकारहरुलाई जानकारी गराए । पत्रकारहरुले उक्त "बेजोड योजना" को बारेमा अलि बढि प्रकाश पार्न अनुरोध गरे । एकताबद्घ समूहका नेताहरुले एकैछिन कानेखुशी र बिचार बिमर्श गरे अनी सो योजना हाल स्विकृतिको लागी बिदेश पर्ठाईएको र बिदेशबाट पारीत भएर प्राप्त हुनासाथ तुरुन्तै र्सार्बजनिक गरीने बताए ।

29 September 2007

रक्सीको आदर्श

रातको समय, कम प्रकाश, बढि धूबाँ र विदेशी संगीतले भरीएको 'बार' को त्यो सानो कोठामा तीनजना भलादमीहरु देश बिकासको वारेमा 'गहन चिन्तन्' गर्दै थिए । जती जती बोतल रीतीन्थ्यो त्यती त्यती उनीहरुको राष्ट्र प्रेमका भावनाहरु पनि उजागार हुदैं थिए ।


" हेर ... देश त झन झन बरबाद हुदैँ जान लाग्यो ..." यौटा व्यक्तिले आफ्नो रित्तिन लागेको गिलास पूनः भर्दै चिन्ता व्यक्त गर्‍यो।


"त्यै त! यौटा गतिलो नेता पनि भएन यहाँ , न त ईमान्दार नेता न त स्वच्छ राजनीती ...." चुरोटको धूवाँलाई गोलो पारेर उडाउँदैं दोस्रोले सहि थाप्यो ।


" सार्‍है चिन्ताजनक स्थिती पो भयो त देशको..." तेस्रो व्यक्ति दार्शनिक पारामा बोल्दै थियो "...मलाई यो जाँड रक्सी केहि मन पर्दैन ...तर के गर्ने ... देशको चिन्ताले गर्दा पिउने गर्छु.."




•----------•                                       •----------•                                 •----------•
 

 


दिनको बेला, थोरै काम, बढि फुर्सद र निश्चित अनुशासन नभएको आफ्नो सामुहिक कार्यालयको यौटा पुरानो कोठामा बसेर उनै तीनजना चिन्तकहरु साँझको कार्यक्रम बनाउँदै थिए ।


" ...आज त बल्ल बल्ल यौटालाई फसाँए नत्र त झण्डै 'हातै खाली' भैसकेको थियो " पहिलो व्यक्तिले अली असन्तुष्ट अनुहार लगाउँदै आफ्नो स्थिती बतायो ।


"त्यै त ...मैले पनि त्यो व्यापारीको फाईल एकछिन नलुकाएको भए आज त अफिसबाट सिधै घरै जानुपर्ने भैसकेको थियो" देस्रो व्यक्तिले आफ्नो हालत दर्शायो ।


" ...अँ त ... मैले पनि 'पुरानै चाल' चलेर २-३ जनालाई 'मुँडी' हालेँ..." तेस्रो व्यक्तिले विजयी मुस्कानकासाथ आफ्नो खुबी देखायो "...नत्र त रातको खर्च कसरी धान्न सकिन्छ र ... ल ….लागौं अब"


तीनै जना पूनः राष्ट्र चिन्तनकोलागी नजीकको यौटा क्याबीन रेस्टुरेण्ट तीर लागे ।

ई-श्राध्द

२०९६ सालको बैशाख महिना, काठमाण्डौको कुनै यौटा घरको कौशीमा एकजना शुद्ध वस्त्र धारण गरेका व्यक्ति आफ्नो वरीपरी पूजा सामाग्री र नैव्यद्य आदि राखी श्राध्दको तयारी गर्दै थीए। आवश्यक सबै सामाग्री र तयारी देखीएपनि त्यँहा पुरेत बाजेको भने उपस्थीती थीएन ।

त्यत्तीकैमा ति व्यक्तिले आफ्नो ल्यापटप कम्प्यूटर खोले र ताररहित प्रबिधिबाट अन्तर सञ्जालमा प्रवेस गरे । एकैछीनको अन्तरालमा उ डब्लु डब्लु डब्लु डट ई-कर्मकाण्ड डट कमको गृह पृष्टमा पुगीसकेको थीयो । त्यँहा उसले आवश्यक प्रयोक कर्ता नाम र प्रवेश शब्द भिडाएर "प्रवेश गर्नुस" भन्ने ट्‍‌याब मा थीच्ने बित्तीकै "अनलाईन कर्मकाण्डमा स्वागत छ" भन्ने वाक्य देखीयो।

लगत्तै उसले आफ्नो वेब क्याम मिलायो र 'सब उफर'को आबाज ठिक पार्‍यो। उसको कम्प्युटर पर्दामा एकजना श्‍वेत वस्त्र धारी अधवैसे उमेरका मान्छे देखा परे । " नमस्कार गुरु!" उसले दुई हात जोड्यो । "सब कुशल मंगल नै त होला नी !...." भन्दै उताबाट तुरुन्तै आसन ग्रहण गर्न भनीयो ।

"हरि ॐ तत्सत् तत्सत्… का साथ तुरुन्तै श्राध्द बिधी शुरु भयो । उताबाट वेब क्याम र माईकको मद्दतले गुरुले निर्देशन दिदैं गए र यताबाट जजमानले पनि सोहि अनुशार 'सभ्यन', 'अपसभ्यन' र "तृपन्ताम !" गर्दै रहे ।

करीब एक घण्टाको बिधान पछी गुरुले श्राध्द सम्पन्न भएको बताए । "दर्शन गरौं गुरु!०००" उसले आफनो वेब क्याम तर्फ टाउको निहुर्‍यायो, उताबाट गुरुले आफनो खुट्‍टालाई उतैतर्फको वेब क्याम संगै लगे । यता कम्प्युटर पर्दामा गुरुको पाउको "जूम भ्यू" देखीयो र जजमानले त्यसैमा ढोग भेट गरे ।

"ओ हो ! ढीला हुन लागेछ …." गुरुले आफ्नो घडी हेर्दै भने " …… एकछिनमा केहि जजमानहरुको सामुहिक गौदान गराउनु छ….. 'अफलाईन मेसेज' र 'अनलाईन युजर' धेरै भएर सर्भर डाउन हुन लागीसक्यो…. लगअफ गरें है …." । उता कम्प्युटर पर्दाबाट गुरुको बिम्ब झ्याप्प हरायो यता जजमान अनलाईन पसलबाट 'सिदा डेलिभरी' र आफ्नो ईन्टरनेट बैंक बाट गुरुको खातामा दक्षीणा ट्रान्सफर गर्ने तरखरमा लाग्यो ।

24 September 2007

Specialty (Short Story)

News was spread that a well-known scientist of the nation had invented a special kind of mirror. By physical appearance, the "special mirror" looked similar to any other ordinary mirror, but rather than reflecting human faces, it produced different images whenever people watched their face in it.

The scientist stated that he would disclose the specialty of the mirror later, and arranged an open exhibition of his invention.


Various peoples of different cultures and personal background attended the exhibition and watched the mirror. Not a single person's face was reflected in the mirror, and different people saw different images, unimagined lights, and color combinations in the mirror.


During the last day of the exhibition, a famous leader of the nation stood in front of the mirror. He saw some unclear, faded, and devil-like black image on it and simply stated: "I didn't like the image it produced for me [when I looked at it.]"


A small boy was also among the spectators, as soon as he reached in front of the mirror, he raised both of his hands in happiness and said "Wow...! This image is so beautiful... It is so colorful and attractive... I love this mirror..."


The scientist also requested a Sadhu with respect, to stand in front of his invention and asked him to give a comment. The Sadhu stood in front of the mirror, gazed at it for few seconds and simply said "I didn't see anything on it... It seems colorless like water to me..."


After getting three different and totally opposite statements about the same object, all the journalists, present at the exhibition asked the scientist to reveal the specialty of the mirror. The scientist kept quiet for a moment, took a deep breath and began, "... Well... This mirror also creates reflections, but the difference is that it reflects the human character, nature and morality of a person, rather than the physical image".


Sadhu: (Hinduism) an ascetic holy man.

11 September 2007

मूर्छीत संस्कार

त्यो गाँउमा बर्षौं देखि एकजना जमिनदारको राज चलेको थियो । थिचोमिचो को हद यत्ति सम्म थियो कि गाँउका हरेक चोक चोकमा जमिनदारका शालिक बनेका थिए र घर घरमा जमिनदारको तस्विर टाँगीएकै हुनु पथ्र्यो । गाँउमा जमिनदारको बोली नै कानून बराबर थियो र कसैले पनि त्यसको प्रतिकार गर्ने हिम्मत गर्दैनथे ।

विस्तारै गाँउमा स्वतन्त्र विचारको प्रवेश भयो र व्यक्ति पूजा को बिरोध र जनताको हकको लागी बिभिन्न गतिबिधिहरु शुरु हुन थाले ।


केहि शाहसी नेताको नेतृत्व, युवाहरुको जागरण र जनताको वितृष्णाको अगाडि जमिनदारको को केहि चलेन र अन्तमा उसले गाँउलेका घर खेत लगाएत सम्पूर्णा अधिकार फिर्ता गरे ।


स्वतन्त्रताको जोशमा गाँउलेले पुरानो जमिन्दारको तस्विर, शालीक लगाएत उसको नाम जोडिएको पाटी, पौवा र पाठशाला समेत ध्वस्त पारे ।


केहि समय भित्रै गाँउमा पुरानो जमिन्दारको नाम निशाना भेटन गार्‍हो पर्न थाल्यो ।


अझै केहि समय बित्दा त्यो गाँउमा अर्कै दृश्य देखिन थाल्यो । आफूलाई जमिन्दारको शोषण बाट मुक्त गर्ने नेताहरुको सम्मान गर्न भनेर गाँउलेहरुले धमाधम आफ्नो घर घरमा नयाँ नेताको तस्विर टाँगन थाले । चोक चोकमा फेरि नयाँ नेताका शालीक बन्न थाले र गाउँका बिभिन्न स्थानमा तिनका नामका स्मारक, पाटी पौवा निर्माण हुदैं थिए ।


बिस्तारै त्यो गाँउ यौटा पुरातनबादी संस्कारबाट मुक्त भई अर्को व्यक्तिबादि सस्कारमा जकडिन थाल्यो ।

मर्द


ऊ किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : " चुरोट खान पनि के केटी जस्तो लजाएको ?", उसको साहश बढ्यो र उसले चुरोट तान्न शुरु गर्‍यो । चुरोट तान्दा अली अली खोकी लाग्थ्यो तर प्रत्येक चुरोट सल्काउँदा उ आफूलाई ठूलो मान्छे भएको ठान्थ्यो ।

केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्‌यायो। उसले आनाकानि गर्‍यो तर साथीले उसको पौरुषमा प्रहार गर्‍यो : " चुरोट त स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा त" उसको पौरुष जाग्यो र उ बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो । गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा उ आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो ।


त्यसपछी पनि कहिले बहादुरी देखाउन त कहीले कमजोरी लुकाउन उ चुरोट, गाँजा र जाँड, रक्सी लगाएतका सबै पुरुषत्व झल्कीने पदार्थको सेवन गर्न थाल्यो । यसरी ठूलो मान्छे, पूर्ण पुरुष र मर्द बन्ने प्रयाशमा उसको शरिर नराम्ररी बिग्रियो र तिस पैतीस बर्षकै उमेरमा उ असक्त रोगी र कमजोर भयो ।


एकदिन बिरामी परी ओछ्‌यानमै पल्टी पल्टी सडक तर्फ हेर्दा उसले धूमपान, मद्यपान केहि नगर्ने एकजना जवान र स्वस्थ युवकलाई बाटोमा हिड्‌दै गरेको देख्यो। उसले आफ्नो र त्यो बटुवाको उमेर मनमनै दाँजेर हेर्‍यो र अनायशै बर्बरायो " वाह ! क्या स्वस्थ ! क्या स्फूर्ती !!, यो पो मर्द रहेछ " ।