स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

18 January 2009

अहंकारको मन्दिर

Mandirत्यहाँ यौटा मन्दिर बन्दै थियो। गाँउमै धार्मिक र समाजसेवी भनेर चिनीएका एकजना भलादमीले आफ्नै निजि खर्चमा सो मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।


एक दिन यस्तै छिटो काम गर्ने हतारोमा यौटा डकर्मीले मन्दिरको सीढीं नै अलिकता बाङ्गो बनायो । डकर्मीले डराई डराई सो कुरा ति धार्मिक व्यक्तिलाई बतायो । “सीढीं अलिकता बाङ्गो भएर के भो र?, तल माथी गर्न मिले त भै गो नी … ” उसले निक्कै सरलताका साथ डकर्मीको गल्तिलाई पन्छायो ।


अर्को दिन कामको चटारोमा टुँडालमा कुदीएको बुट्टा नै बिग्रियो, तर सिकर्मीले माफी माग्नु अगाडी नै ति भलादमीले “… काम गर्दा गल्ति त भै हाल्छ नी, … यसलाई पछि सुधारौंला नी …” भनेर सिकर्मिको ढाडस बढाए ।


उता निश्चित दिनमै मुर्ती अनावरण नगरी नहुने उच्च दबाबमा मुर्ती कुँद्‍दा कुँद्‍दै मुर्तिको आँखा पनि सानो ठुलो बन्यो । शान्त स्वभावका ति भलादमीले उल्टै “शास्त्रले पनि भावे हि बिद्येते देवो … भनेर भाव मै जोड दिएको छ, मुर्ती त केवल यौटा प्रतिक मात्रै त हो नी !” भनेर मुर्तिकारलाई आश्वस्त बनाए । मन्दिर निर्माणमा लगेका सबैजना उसको विद्वता, शान्त स्वभाव, धार्मिक आस्था र शास्त्रीय ज्ञान देखेर ओतप्रोत भएका थीए ।


त्यस्तैमा निश्चित समयमै मन्दिर बन्यो र मुर्ती पनि स्थापनाकोलागी तयार भयो ।ति धार्मिक व्यक्तिले देशकै ठुलो नेतालाई ल्याएर मन्दिरको धार्मिक उत्सबकासाथ अनावरण गराउन लागेका थिए । नभन्दै तोकीएको दिनमा देशका उच्च पदस्थ नेता आए र मन्दिर अगाडी बनेको शिलालेखबाट रातो कपडा हटाएर सो मन्दिरको उद्घाटन गरे ।


ति धार्मिक व्यक्तिको नजर अचानक सो शिलालेखमा कुँदीएको आफ्नो नाममा पुग्यो, छिना अलि बढि मारीएर त्यसमा उसको नाम अलिकता धमिलो र अस्पष्ट भएको रहेछ । यो देख्‍ने बित्तीकै तिनको ब्रह्माण्ड खल्बल्लीयो र रिसले तिनको आँखा राता राता भए। अनी रिस थाम्नै नसकी तिनि मुठ्ठी बटार्दै कराए “ हैन! यो कसले लेखेको हो?,  हात बाङ्गीएको …आँखा फुटेको …” ।

03 January 2009

बिबाह

आमाले खोजेको पहिलो कन्या गृहकार्यमा निपुर्ण थीईन, अशीक्षित भनी बाबुले फर्काईदिए। दोस्री कन्या शिक्षित र सुशिल थिईन तर नराम्री भनी छोराले ईन्कार गरिदियो । त्यसपछिको केटी बाबुले खोजे, शिक्षित र शुन्दर पनि, तर घर-धन्दामा अदक्ष भनी आमाले मनीनन्।

चौथी कन्या लमीले मिलाए, जो प्रशस्त दाईजो ल्याउनेवाली थीईन। अचानक उनका सबै ‘खोट’ हरु ‘गुण’ मा परिवर्तन हुन थाले।

“नपढेर के भो’ त?, …… हामि बुहारिलाई जागिर खान पठाउने पनि हैनौं नी!” बाबुले बक्तव्य निकाले। “स्वास्नी धेरै राम्री भए सबैको आँखा लाग्छ …… ” छोराले तर्क तेर्स्यायो। “घर धन्दा गर्न त ‘कान्छा’ छँदै छ नी!” आमाले विचार बदलिन।

यसरी तुरुन्तै सर्बसम्मतिमा बिबाह पारित भयो ।