स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

10 November 2007

पेशा

ज बिहानैदेखी उ केहि चिन्तित देखिन्थ्यो , उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन ।

आज बिहान मात्रै उसले आफना तिनजना पुराना साथिहरुलाई भेटेको थीयो । तिनै जना आ-आफ्ना क्षेत्रमा स्थापित भैसकेका र राम्ररी जीवन यापनमा लागेका थिए । बर्षौंसम्म बरालिएर हिडने मान्छे आज बर्षौं पछि पुराना मित्रहरुलाई भेटेर खुशी हुनुको बदला ऊ झन् दुखी देखी्न्थ्यो र आफूले केहि गर्न नसकेकोमा केहि पीडीत पनि ।

ओछ्‍यानमा पल्टी पल्टी उसले आफ्नो व्यापारी साथिको बारेमा सोच्यो र आफू पनि व्यापारमा लाग्ने बिचार गर्‍यो, तर…. न त उसंग लगानीको लागि पूँजि थियो न त गाँउघरको विश्‍वास !

त्यसपछि उसले दोस्रो साथीको जस्तै कृषि पेशा अपनाउने बिचार गर्‍यो, तर बाउ बाजेले छाडेर गएका जग्गा जमिन बेचेर खाईसकेको र कृषि सम्बन्धी आजश्‍यक ज्ञान पनि नभएकोले उसले त्यो विचार पनि त्याग्यो ।

अन्तमा उसले सरकारी अधिकृतको रुपमा कार्यरत तेस्रो साथिको बारेमा सोच्यो र उसले जस्तै जागिर खाएर जिवनयापन गर्ने विचार गर्‍यो, तर अपसोच ….! …न त उसमा कुनै विशेष गुण थियो न त लोकसेवा दिन चाहिने आवश्यक योग्यता नै ।

सोच्दा सोच्दै उसको मानसपटलमा एक्कासी राजनीतिमा लागेको चौथो साथीको प्रतिविमब आयो, ….ऊ अनायशै मुस्कायो …. उसका चिन्ता अलि कम भए …अनुहार अलि तनावरहित देखीयो र ऊ विस्तारै आरामसँग निदायो ।
(१५-१२-२०५४, गोरखापत्र)