स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

13 September 2008

कागजी खेल

Kagaji khel त्यो कार्यालयको कम्पाउण्डभित्र निक्कै जमिन खाली थियो । एक दिन खाली जमिनको उपयोग गर्न सकिने देखेर कार्यालय प्रमुखले केन्द्रलाई यौटा पत्र लेखे :-“यस कार्यालय कम्पाउण्डमा खालि रहेको जमिनमा पोखरि खनी माछा पालन गरी अर्थ आर्जन गर्न सकिने राम्रो सम्भाव्यता देखिएकोले सो को लागी रु दुई लाख निकासा गराई पाउँ … ”

केन्द्रबाट तुरुन्तै माग बमोजिमको निकासा भयो । तर रकम प्राप्त भए पछि न त पोखरी खनियो न त माछा नै पालीयो, तर पोखरि तयार भएको कागजी प्रतिवेदन भने एक महिनामा केन्द्रमा पुग्यो ।

प्रतिवेदन पुगेको दुई महिना पछि केन्द्रबाट प्रतिवेदन अनुशार काम भए नभएको हेर्न एकजना अधिकृत जिल्लास्थित सो कार्यालयमा आए । त्यो दिन केन्द्रका अधिकृत र कार्यलय प्रमुखबिच पहिला निक्कै बेर वादविबाद अनि छलफल र सल्लाह भयो र केन्द्रका हाकिम भोलिपल्टै राजधानि फर्के ।

अधिकृत फर्केको एक महिना जत्तिमा जिल्लास्थित कार्यलय प्रमुखले केन्द्रलाई फेरि अर्को यौटा पत्र लेखे :- “ कार्यालयको कम्पाउण्डमा पोखरी खनि माछा पालन शुरु भएको यहाँमा बिधितै होला तर हाल आएर यहाँ कार्यरत धेरै आवासीय कर्मचारीहरुको साना साना केटाकेटी भएको र दिनदिनै हिडंडुल गर्दा र खेल्ने बेलामा सो पोखरिमा खसि कुनै पनि बेला दूर्घटना घट्न सक्ने हुनाले सो पोखरी तुरुन्तै पुर्नु पर्ने भएकोले सो को लागी रु दुई लाख निकासा पाउँ … ”

केन्द्रबाट तुरुन्तै काम शुरु गर्ने आदेश आयो। अनी आदेश आएको एक महिनमा कार्यालय प्रमुखले काम सम्पन्न भएको खबर केन्द्रमा पठाए। तर यसपाला भने केन्द्रबाट निरिक्षण गर्न कोहि पनि आएनन्। बरु बजेट आएको भोलिपल्ट कार्यालय प्रमुख चाहि केन्द्रका अधिकृत भेट्न राजधानि गएका थिए ।

(२५-०५-२०५६ -  साप्ताहिक)

12 comments:

  1. Interesting story! It shows the way our bureaucracy functions (though, with a bit of exaggeration probably required for creating a 'story').

    ReplyDelete
  2. दिलीपजी , यो कथा पहिले मौखिक रुपमा हो या कसरी हो सुनेको थिएं मैले , त्यसबेलाको आकार अलि भिन्नै थियो अहिले अलि भिन्नै , अनि पुछारमा कथा बुझिन नि हौ मैले त ।

    ReplyDelete
  3. मलाई त साह्रै रमाईलो लाग्यो यो कथा । कथा पढिसकेपछि घत परेर होला मुसुक्क हाँसेँ म त !!!

    ReplyDelete
  4. दिपेन्द्र जी,
    स्वागत छ मेरो ब्लगमा अनि कमेण्टको लागी धन्यावाद् । तपाइले भन्नु भए जस्तै यो पनि बास्तविकतामा अलिकता कल्पना र अलिकता बढाई-चढाई बाटै कथा बनेको छ ।

    दीपक जी मेरो यो कथा २५-०५-२०५६ मा कान्तिपुर साप्ताहिकमा छापीएको थियो ।

    अन्तिम हरफमा चाहि केन्द्रका हाकिम र जिल्लाका प्रमुख बिच गोप्य बार्ता भएर अरु बजेट खाने 'प्लान' बनेकोले त्यहि अनुशार कागजि प्रक्रिया मात्रै पुर्‍याएर "भाग" बुझाउन राजधानि गएको देखाएको हुँ।

    उजेली जी तपाईले कथा मनपराएर हास्नु भएकोमा तपाईको मुस्कान पुरस्कार सम्झेको छु मैले।
    धन्यबाद् ।

    ReplyDelete
  5. लख त्यस्तै थियो मेरो पनि । दिलीपजी मैले चैं भए पुछारमा "बरु बजेट आएको भोलिपल्ट कार्यालय प्रमुख चाहि कोसेली च्यापेर केन्द्रका अधिकृत भेट्न राजधानि गएका थिए । " बनाउने थिएँ जस्तो लाग्यो ।

    ReplyDelete
  6. मलाई त के भनौँ के भनौँ भो !
    यो कथा यसभन्दा अघि कतै पढेको या सुनेको थिँए, यो चाँहि ग्यारेन्टि हो ।

    ReplyDelete
  7. आकार जी कहिले काहि यौटै बिषयमा एकजना भन्दा बढिले समान सोच राखेर केहि मिल्दा जुल्दा कुरा लेख्न सक्छन जस्तो लाग्छ मलाई ।

    मेरो यौटा गोरखापत्रमा छापीएको व्यङ्य पनि पछि बिषय बस्तु करिव करिव उस्तै राखेर लघुकथा बनेर आर्कै पत्रिकामा आर्कैको नाममा छापीएको थियो । मैले त्यसलाई 'संयोग' को रुपमा लिएँ (त्यो व्यङ्य कुनै दिन यहि ब्लगमा पनि राखौंला)

    करिव दश बर्ष अगाडी प्रकाशित यो कथा जस्तै बिषयमा, समयको अन्तरालमा कसैले फेरी लेखेको पनि हुन सक्छ । तपाईले भेटनु भयो र अनलाईन छ भने कृपया मलाई खबर गरिदिनु होला।

    ReplyDelete
  8. सायद त्यही साप्ताहिक मा छापिएको कथा, पछि कोहि अरु कै नाम मा नै छापिएको थियो कि भन्ने शंका पनि लाग्यो है मलाई !

    तर मैले हालसालै सुनेको या पढेको कथा हो, है यो कथा !

    ReplyDelete
  9. Namaste,

    You have a nice blog here. We would like you to join our network of Nepali blogs, and competitions. http://nepaliblogawards.blogspot.com

    Thanks

    ReplyDelete
  10. एउटा सुचनाः
    नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
    http://nepalibloglist.blogspot.com/

    ReplyDelete