स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

01 July 2009

मन्त्रीज्यूको साप्ताहिकी (लघुकथा)

आईतवार:
बिहानको कार्यक्रम: शाकाहार र स्वस्थ जीवन बिषयक तीन दिने शिविरको उद्घाटन ।
अपरान्ह: मद्यपान विरुध्द सचेतना र्‍यालीमा सरिक हुने ।
साँझको कार्यक्रम: पाँच तारे होटेलमा ककटेल डिनर ।

सोमवार
बिहान: ‘भौगोलिक जटिलता र सीमा सुरक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रवचन ।
अपरान्ह: नेपाली भू-भागमा विदेशी हस्तक्षपको विरोधमा सडक नाटकको उद्घाटन ।
रातको कार्यक्रम: छिमेकी राजदूताबासमा जलपानमा सरिक ।

मंगलवार

बिहान: भ्रष्टाचार विरुद्ध युवा कार्यक्रममा आतित्थ ग्रहण ।
मध्यान्न: निष्पक्ष न्याय संपादन र घुस-विहीन समाज नामक अन्तरक्रियामा सहभागी हुने।
राती: बिदेशी ठेकेदार र व्यापारीसंग निजी भेट ।
बुधवार

बिहान: नागरिक अधिकार र सभ्य समाजको सृजना नामक बिचार गोष्ठिमा मन्तव्य ।
अपरान्ह: न्यायीक सर्बोच्चता र शान्ति बिषयमा नागरिक समजसंग छलफल।
साझ: दोश्रो दिन आयोजना गरीएको बन्द सफल पार्न रातमा मशाल जुलुश निकाल्न कार्यकर्तालाई निर्देशन ।

बिहीवार

बिहान: बुद्ध जयन्तीको उपलक्षमा भगवान बुद्धको मूर्तिमा माल्यार्पण ।
मध्यान्न: ७ दिने विश्वशान्ति महायज्ञको समापन समारोहमा सरीक ।
साँझ: द्वन्दात्मक भौतिकवाद र ईश्‍वरको अन्धविश्वास नामक बिचारगोष्ठीमा मन्तव्य ।

शुक्रवार

बिहान: ‘सुलभ चिकित्सा जनताको अधिकार’ बिषयक छलफल कार्यक्रममा सरकारी कार्यपत्र प्रस्तुत
मध्यान्न: महंगो उपचार खर्च घटाउने माग सहितका जन-प्रतिनिधिहरु संग बिचार विमर्श
अपरान्ह: निजी क्षेत्रबाट सञ्चालन हुने नव निर्मित नर्सीङ होमको रिबन काटेर उद्घाटन ।

शनिवार
बिहान: मितव्ययीता र खर्च कटौती सम्बन्धित गोष्ठीको पानस बालेर शुभारम्भ ।
अपराह्न: सादा जीवन उच्च बिचार बिषयक प्रवचन कार्यक्रममा मन्तव्य ।
राती: ७ दिने विदेश भ्रमणको सिलसिलामा सपरिवार विमानस्थल प्रस्थान ।

15 comments:

  1. हावा the WindJuly 1, 2009 at 11:00 PM

    वा....ह माने दिलिप ब्रो, मन्त्री हरु लाई मुख छाडेर कत्तिन ठुलै काम गरे जस्तो मलाई लागिराथ्यो तपाईं को एस्तो सटिक शालीन र सिर्जन्शील प्रस्तुती ले कायल नै भाईयो.. यो बर्षको नेपाली भाषा मा लेखिएको उत्रिक्स्ट राज्नीतिक ब्यङ साहित्य...

    ReplyDelete
  2. कुरो बुझियो .. आइतबार देखि शनिबार सम्म..जे जति किर्ते काम भए छन सब साँझमा, रातमा र अँध्यारोमा नै भएका रहेछन | यो केवल संयोग मात्र होइन है !!! अनि जे जति राम्रा काम भएछन ति सबै महत्वहीन (कुनै ठोस काम होइन गोष्टि, सेमिनार र उद्घाटन ) काम मै बितेछन | बिहान देखि बेलुकी सम्मको काममा विरोधाभास नै भए नि ..उद्घाटन र सेमिनार छोडेर राष्ट्रियता र बिकाश बिकाश बिषयक अन्य ठोस कार्यक्रममा न्युनतम ध्यान दिए केहि राम्रो हुन्थ्यो कि ?

    पोष्टमा अनावश्यक शब्दको प्रयोग गरिएको रहेनछ | एकदम छरितो प्रस्तुतिको लागि धन्यबाद है दिलिप दाई |

    ReplyDelete
  3. दूर्जेय चेतनाJuly 2, 2009 at 1:11 AM

    उद्घाटन,र्या लीमा सरिक, ककटेल डिनर, अन्तरक्रिया कार्यक्रममा प्रवचन, उद्घाटन,जलपानमा सरिक, आतित्थ ग्रहण, अन्तरक्रियामा सहभागी,, निजी भेट, छलफल, कार्यकर्तालाई निर्देशन, माल्यार्पण, कार्यपत्र प्रस्तुत, बिचार विमर्श, मन्तव्य, विदेश भ्रमण ।।।।।।।।।।।।।।।।।।।एउटा गतिलो काम भए मार्दिनु ल। यहीहो ल ऐना अहिलेका नेताहरुको।
    हैन यी नेतालाई कार्यालय जान पनि नपर्ने रहेछ। अनि जनताको लागि के काम त खै? यो त सबै आफैलाई मात्र भयो हैन र? सायद यसै भएर रहेछ हाम्रो देशले उन्नति र विकास गरेको।
    तर अहिले त दिनहुँ जसो रात्रिभोज हुन्छ भन्ने सुनेको थिए। हा!! हा!! गजब लेख्नु भयो ल है दिलिपजी सय मा सय है तपाईलाई

    ReplyDelete
  4. गज्जबको रहेछ मन्त्रीहरुको साप्ताहिकी दिलिपजी । यस्तै पाराले त खै कसरी समयमै नया सम्बिधान लेखिएला र मलाई त शन्का लाग्छ है ?

    ReplyDelete
  5. सटीक झटारो!

    ReplyDelete
  6. 'नयाँ नेपाल'का लठैतहरूको गस्ती गर्न कहिले छिर्नुभएथ्यो दाइ नेपालतिर ?
    तीतो सत्य यस्तै यस्तै हो नानू !
    ज्यादै हँसायो, तर अर्को पाटोमा देशलाई 'माकुरे ज्यान' बनाउने यस्तो अविरल दैनन्दिनीको महायात्रा देख्दा भने हिक्का छुटायो ।

    ReplyDelete
  7. हालसालै नेपाल आउनुभएको थियो कि कसो, सुटुक्क !

    हाहाहा, यस्तै वेथिति छ कसरी सुधार गर्ने होला ? 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर' यस्तै छ । अमोल पालेकर को चलचित्र को गित याद आउँछ, 'गोलमाल हे भाइ सब गोलमाल हे' ! निकै पेचिलो दनक छ है, दिलिप दाइ ।

    उद्‌घाटन, भाषण, जलपान, मिटिङ, भित्रभित्रै कुमल्याउने सेटिङ !

    ReplyDelete
  8. Absolutely loved it :)

    ReplyDelete
  9. कृष्णपक्ष उज्यालोको खोजिमाJuly 2, 2009 at 11:23 AM

    देशको हालत सधै उस्तै ..., हैन यी मन्त्रिका चाहि "दिन दुगुना रात चौगुना" सधै चकाचक । कुरो के परेछ भन्दा बल्ल पो रहस्य खुल्यो यसरी "राति राति" यस्ता बडे बडे कर्म गर्दा रैछन र पो? हुन त कतिले त रात पनि किन कुर्थे र?

    छिन छिनमा मुकुण्डो फेरी फेरी हिड्ने लाखेहरुको यस्तै बदलिरहने जाली अनुहारको बोझले देशलाई साह्रै अन्योलमा पारेको छ । अझ असभ्य, असुरक्षित, दिशाहीन, गतिहीन, र असफल बनाउदै छ । यिनका सक्कली अनुहार कसरी उतार्ने होला?

    ReplyDelete
  10. राजेश "अनलाइन खसखस"July 2, 2009 at 11:25 AM

    दिलीप दाई,
    लघुकथा निकै घत लाग्यो मलाई । हाम्रा नेताहरु सधैंजसो सभासम्मेलन, मिटिङ्ग लगायतका कार्यक्रमहरुमा मात्र सरिक हुन्छन् तर आम नेपालीहरुको समस्यालाई निराकरण गर्न कुनै त्यस्तो प्रयास गर्दैनन् ।
    लघुकथाले हाम्रा नेताहरुको ठूलै पोल खोलेको जस्तो लाग्यो मलाई ।

    टाँसोका लागि धन्याबाद !

    ReplyDelete
  11. A perfect presentation on our leader's (In this era of unnatural alliances and dirty politics in Nepal, every 'leader' seems to be waiting for his turn to become a 'minister') activities! simply loved it. probably they need the '8th day' in week to actually do something fruitful!

    ReplyDelete
  12. perfect, i like this

    ReplyDelete
  13. सिकारुJuly 3, 2009 at 6:59 AM

    नेपाली नेताहरुको खरो दैनिकी निकै गजबले उतार्नु भएछ दिलिप जी । अति मज्जा लाग्यो पढन पनि ।

    ReplyDelete
  14. दीपक जडितJuly 3, 2009 at 5:25 PM

    साथीहरुले भन्नुभए जस्तै गजब झटारो गएको छ । लघुकथामा हाम्रो देशको फोहोरी राजनीतिको सिँगो युग कति गजबले अटाउनुभएको त ।

    ReplyDelete
  15. बेदनाथ पुलामी ( उमेश )July 5, 2009 at 4:14 PM

    दिलीप जी ! तपाईले त एक दिनको मात्र होइन पुरै हप्ता भरीको मन्त्री ज्यु को कुण्डली नै पो तयार पार्नु भएको रहेछ नि ! हाह ...हाहा ...
    तपाईको माइण्ड लाइ मान्नै पर्छ | तितो सत्य र सही ब्यंग रहेको छ - यो पोस्ट |

    ReplyDelete